२२ जेठ २०८३, शुक्रबार

धनगढी विमानस्थलमा स्याल पसेपछि सौर्य एयरलाइन्सको ‘ओभर सुट’

धनगढी विमानस्थलमा स्याल पसेपछि सौर्य एयरलाइन्सको ‘ओभर सुट’
फाइल तस्वीर

धनगढी विमानस्थलको धावनमार्गमा जहाज अवतरण गर्नै लाग्दा स्याल दौडिएपछि सौर्य एयरलाइन्सको जहाजले ‘ओभर सुट’ (पुन आकाशमै फर्काउने काम) गरेको छ । काठमाडौंबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्नै लाग्दा स्याल देखेपछि चालक दलले जहाज ‘ओभर सुट’ गरेको थियो । त्यसपछि विमानले विमानस्थललाई एक फन्को मारेर पुनः अवतरण गरेको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका अनुसार दुई मिनेटमै जहाजले एक फन्को मारेर आएको र त्यतिबेलासम्म स्याल भागिसकेकाले सफल अवतरण गरिएको थियो । 

स्यालका कारण विमानस्थलमा कुनै अवरोध नभएको र विमानस्थलमा हुने उडान सबै नियमित रहेको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

वन्यजन्तुले त्रिभुवन विमानस्थलदेखि विभिन्न आन्तरिक विमानस्थलमा बेला–बेलामा दुःख दिने गरेको छ । सामान्यतया वर्षातको समयमा विमानस्थल वरपर झाडी हुने हुँदा वन्यजन्तु र कहिलेकाँही चराले पनि दुःख दिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्