०८ असार २०८३, सोमबार

बबाल निर्णय गरे त विप्लवले !

कात्तिक २०, २०७४
बबाल निर्णय गरे त विप्लवले !

काठमाडौं, १८ साउन – हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् । उनी पहिले आवद्ध मुल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटि नै ४५ सय जनाको छ । तर विप्लतिर भने तीन वटा तह स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटिगरि जम्मा ६१ सदस्य छन् ।

त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने ‘हामीले अवैधानिक बाटोबाट राष्टवादी धारको एजेण्डा अघि बढयौं । त्यही काम एमाालेले बैधानिक ढंगले गर्यो । हामीबीच राष्टवादको एजेण्डामा अघोषित मोर्चाबन्दी जस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’

उनीहरुले संसदीय धारको प्रतिनिधिका रुपमा एमाले र गैर संसदीय लाइनको मुल बाहक आफू भएको निश्कर्ष निकालेका थिए । हुन पनि फिल्डमा के समेत देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोट लगायत जिल्लातिर पक्राउ खाँदा एमाले निकट वकिल, पत्रकार र मानव अधिकारकर्मीले उनीहरुलाई रिहा गराउन भूमिका खेले ।

प्रचण्डको पार्टी अर्को निर्वाचन सम्म झनै ओरालो लाग्ने अनुमान पनि सो बैठकले गरेको सहभागि स्रोतले बतायो । उनीहरुको तर्क के थियो भने एमाले जस्तै पार्टी बनाउने हो भने त एमाले नै छँदै छ नि, एउटा म्यानमा दुईवटा तरवार किन चाहियो ? बैठकमा थबांगको हारका कारणबारे पनि अनौपचारिक छलफल चल्यो । भएको के रहेछ भने स्थानीय कमिटिले पार्टी निर्णय विपरित स्वतन्त्र हैसियतमा भाग लिने निर्णय गर्यो ।

पछि जिल्ला सेक्रोटरीले वक्तव्य निकाले आफ्नो पार्टीको उम्मेदवार होइन भने । तर त्यति हुँदा पनि १ सय ३२ मतले हार भएको थियो । जिल्लाले वक्तव्य जारी नगरेको भए सहज जित हुने रहेछ । त्यहाँका २ वटा मुख्य वडामा २६ सय मत छ ।

salt training

कमेन्ट गर्नुहोस्