०५ साउन २०८३, मंगलबार

६ अर्बले बढ्यो सैनिक कल्याणकारी कोषको बचत

६ अर्बले बढ्यो सैनिक कल्याणकारी कोषको बचत

सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । 

२०३२ सालमा स्थापना भएको सो कोषमा अहिले ६९ अर्ब रकम पुगेको शुक्रवार पत्रकार सम्मेलन गर्दै कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले जानकारी दिए । 

प्रधानसेनापति अध्यक्ष रहने सो कोषमा ७ सदस्यीय नेतृत्व रहने व्यवस्था छ । 

कोषको शुरूवाती पुँजी १ करोड २४ लाख १ हजार रुपैयाँ रहेको थियो ।

कोषमा हिताधिकारीको संख्या १० लाख पुगेको छ । 

गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले बढेको बताइएको छ ।

गत ववर्ष ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ रहेको कोषको रकम यस वर्ष ६ अर्बले वृद्धि हुँदै ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको हो । 

शान्ति मिसन, बैंकको ब्याज लगायतबाट कोषले रकम पाउने गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्