उज्बेकिस्तानको समरकन्द शहरमा चलिरहेको शांघाई कोअपरेसन अर्गनाइजेसन शिखर बैठकमा चीनका राष्ट्रपति सी चिनपिङले सम्बोधन गरेका छन् ।
सम्बोधनमा उनले विदेशी शक्तिहरूलाई एससीओ मुलुकहरूमा सडक क्रान्ति गर्नबाट रोक्नु महत्त्वपूर्ण रहेको बताएका हुन् ।
सन् २०२१को शुरूतिर एससीओ सदस्य मुलुक कजाकस्तानमा गरिएको हिंस्रक सडक क्रान्तिलाई सीले इंगित गरेका हुन् । एससीओ सदस्य रुसलाई अप्ठ्यारोमा पार्ने उद्देश्यले अमेरिकाले सन् २०१४ मा युक्रेनमा गराएको सडक क्रान्तिलाई पनि शायद सीले सन्दर्भ बनाएका हुन् ।
विश्व व्यवस्थामा उथलपुथल आइरहेको पनि सीले बताए ।