३१ असार २०८३, बुधबार
महाभियोग प्रकरण

१७४ पेज लामो बयानमा ५० पेजसम्म चोलेन्द्रले गरे हस्ताक्षर, बाँकी पढेर सुनाइँदै

भदौ ३१, २०७९
१७४ पेज लामो बयानमा ५० पेजसम्म चोलेन्द्रले गरे हस्ताक्षर, बाँकी पढेर सुनाइँदै

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिएको १ सय ७४ पेज लामो बयान पढेर सुनाउने क्रम जारी छ । 

दिउँसो १ बजेर १० मिनेटदेखि बयान पढ्ने काम शुरू भएकोमा दिउँसो साढे ३ बजेसम्म ५० पेज पढेर सकिएको छ । जबराले प्रत्येक पेज पढेर सकिएपछि जबराले त्यसमा हस्ताक्षर गर्दै गएका छन् ।

शुरू गरेको सवा २ घन्टामा ५० पेजमात्रै पढिएको छ भने १२४ पेज पढ्न बाँकी  छ ।

समितिले तयार गरेको बयानको प्रतिमा शुरुमा चोलेन्द्रले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अहिले प्रत्येक पेज पढेर सुनाइएको हो । 

समिति बैठकमा चोलेन्द्रले आफूले बोलेको भिडियो र अडियो आफ्नै हो भनेर हस्ताक्षर गर्ने तर प्रत्येक पेजमा नगर्ने अडान लिएका थिए । तर समितिको प्रतिवेदनमा बनायमा हस्ताक्षर गर्नैपर्ने समितिको अडानपछि हस्ताक्षर गर्न चोलेन्द्र राजी भएका हुन् ।

समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर समितिले चोलेन्द्रको बयान १७४ पेजमा उतारेको छ । 

हस्ताक्षर आज साँझ ५ बजेसम्म गरिने बताइएको छ । बाँकी बसेको प्रतिवेदन पढ्ने र हस्ताक्षर गर्ने काम भोलि सम्पन्न गरिने तयारी छ ।

हस्ताक्षर सम्पन्न गरेपछि पुरक प्रश्न सोध्ने तयारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्