×

NMB BANK
NIC ASIA

चर्को ब्याजदर नघटाए उद्योग सरकारलाई सुम्पने उद्योगीहरूको चेतावनी

भदौ ३१, २०७९

NTC
Premier Steels

विराटनगरका उद्योगीहरूले आफ्नो उद्योगहरू सरकारलाई जिम्मा लगाउन बाध्य हुने पर्ने अवस्था आएको बताएका छन् । ब्याजदरमा भएको चर्को वृद्धिले उद्योग सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ रहेको छ । 

Muktinath Bank

यही अवस्था कायम रहे आफ्नो जायजेथा सरकारलाई जिम्मा लगाउनुपर्ने स्थिति नआउला भन्न नसकिने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । उद्योगीहरूले वाणिज्य बैंकहरूले बढाएको ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने समेत बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकरहरूको लडाइँको असर मुलुकका उद्योग–धन्दाहरूमा परेको बताउँदै उनीहरूले उद्यमशीलता नै ध्वस्त हुने र बसी-बसी ब्याज खाने प्रवृत्ति प्रोत्साहित गर्ने काम भएको उनीहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘लगानीयोग्य पूँजीको अभावमा उद्योग–व्यवसायहरू आ–आफ्ना क्षमता अनुरूप कार्य गर्न असमर्थ हुँदै गएको दूरावस्था देखा परेको रिजालको भनाइ थियो ।

Vianet communication

‘विगत ६ महिनामै एकल अंकको बैंक व्याजदर दोब्बर हुन गएको छ’, उनले भने, ‘छोटो बैंकहरूले आफूखुशी ४ प्रतिशतसम्म स्प्रेड दर कायम गरेका छन् । यसबाट कोभिडपश्चात विस्तारै लयमा फर्कदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक व्याजदरको धक्का लागेको छ ।’

उनका अनुसार यसले औद्योगिक क्षेत्रमा असर पुर्‍याउने जोखिम उच्च भएको छ । ‘साउनमा मात्रै ९ सय करोड मुनाफा बैंकहरूले कमाएको बुझिएको छ । तर, उद्योग÷व्यवसाय र उपभोक्ताहरूको नाजुक अवस्थाप्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी–व्यवसायीहरू हतोत्साहित हुनु परेको अध्यक्ष रिजालको भनाइ थियो । 

हालको अवस्थाले निरन्तरता पाए मुलुकको आर्थिक गतिविधिहरू सञ्चालन गर्न कठीन हुने र अर्थतन्त्रमा प्रतिकूल असर पर्ने निश्चित रहेको संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले बताए । 

उद्योगी अनुपम राठीले  कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने बताए ।

उद्योगीहरूले सरकार, बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूलाई मुलुकको विद्यमान अवस्थाप्रति गम्भीर हुन समेत आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x