०९ साउन २०८३, शनिबार

मदनकृष्णले भने-बालेन्द्रलाई शुभकामना

मदनकृष्णले भने-बालेन्द्रलाई शुभकामना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् ।  आज काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले सो आग्रह गरेका हुन् । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ कलाकार श्रेष्ठले नागरिकले दिएको मतलाई आत्मसात् गरेर अघि बढ्न उनलाई शुभकामना दिए ।

सो अवसरमा कामपाका प्रमुख साहले आफूले केही नयाँ काम गर्न खोजेको र त्यसका लागि सबैको साथ आवश्यक भएको बताए । उनले इमान्दार भएर काम गर्न एफएमका कर्मचारीलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्