
काठमाडौं, १८ साउन — सधैं नेपाली खाना खाएर बोर हुनुभएको होला है ? आज थाई खाना बनाएर खाऔं न त । यहाँ हामी थाई करी भेजिटेबल सूप बनाउन सिकाउँछौं । यो बनाउन सजिलो छ ।

सामग्री
तेल दुई चम्चा
लसून दुईवटा
ल्वाङ दुईवटा
अदुवा काटिएको एक
थाई करी पेस्ट एक चम्चा
सखरखण्ड एउटा
बुर्काउली, धनियाँ लगायत मन पर्ने तरकारी आदि चार कप
नूडल
नरिवलको दूध १३ ग्राम
चिनी आधी चम्चा
प्याज काटिएको एकवटा
कागती
सस स्वादानुअसार
विधि
सबभन्दा पहिला एउटा प्यानमा तेल तताउनुस् र त्यसमा लसून, अदुवा, थाई करी पेस्ट हालेर दुई मिनेटसम्म पकाउनुस् । अब यसमा मनपर्ने तरकारी, सखरखण्ड हाल्नुस् । मन्द आगोमा राखेर पाँच मिनेटसम्म पकाउनुस् ।
यो पाकुञ्जेल अर्को चुलोमा नूडल उमाल्नुस् । तीन मिनेट उमालेपछि यसलाई एउटा छान्ने भाँडोमा राखेर पानी फाल्नुस् ।
सखरखण्ड पाकेपछि त्यसमा नरिवलको दूध हाल्नुस् । अनि त्यसमा स्वादअनुसार चिनी हाल्नुस् ।
अब तयार भएका सबै कुरालाई भाँडोमा राख्नुस् । अन्तिममा त्यसमाथि प्याज, कागती, धनियाँ र सस हालेर गार्निश गर्नुस् ।
तपाईंको थाई करी भेजिटेबल सूप तयार भयो । अब बाउलमा राखेर सर्भ गर्नुस् ।
एजेन्सी