
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार बस्दै छ । दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने बताइएको छ ।
असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले सोअघि नै सूची तयार गर्नुपर्ने दवाव एमालेमाथि छ ।