३२ असार २०८३, बिहीबार

आजदेखि काठमाडौं महानगरको सार्वजनिकस्थलमा धुम्रपान निषेध

आजदेखि काठमाडौं महानगरको सार्वजनिकस्थलमा धुम्रपान निषेध

काठमाडौं महानगरपालिकाले शनिबारदेखि सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको छ । महानगरपालिकाले यसअघि नै सूचना निकालेर यसबारे जानकारी दिएको थियो । जसअनुसार शनिबारदेखि सार्वजनिक स्थलमा चुरोड, बिडी, सिगार,तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ । 

सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनका लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना गर्ने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्