१३ असार २०८३, शनिबार

आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै

आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ शनिबार १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले विज्ञान तथा प्रविधि क्षेत्रको प्रचारप्रसारसहित अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न, युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण तयार गरी अभिप्रेरित गर्न र आमनागरिकलाई आफ्नो दैनिक जीवन पद्धतिमा विज्ञान प्रविधिको सहजता ल्याउन विज्ञान दिवस फलदायी हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय विज्ञान दिवसका अवसरमा मुलुकको स्वास्थ्य, वन तथा वातावरण, ऊर्जा तथा जलस्रोत, उद्योग, विश्वविद्यालय, भौतिक पूर्वाधार, उदीयमान प्रविधि, जैविक प्रविधि÷सूक्ष्म जीव विज्ञान, कृषि, सूचना प्रविधि, निजी क्षेत्रसमेत गरी १२ विधामा उत्कृष्ट काम गर्ने अनुसन्धानदाता, वैज्ञानिक, विद्यार्थी, शिक्षक, पत्रकार र नागरिक समेतलाई सम्मानित गरिँदैछ ।

यो अवसरमा कीर्तिपुरस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयमा वनस्पति विभाग, प्राकृतिक विज्ञान सङ्ग्रहालय, सेन्ट जेभियर्स कलेज, माइक्रोबायोलोजी केन्द्रीय विभाग, भूगर्भ शास्त्र केन्द्रीय विभाग, राष्ट्रिय आविष्कार केन्द्र, जडीबुटी प्रशोधन केन्द्र, नेपाल रोबोटिक्स सङ्घलगायतका विज्ञान प्रविधिसँग सम्बन्धित शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील संस्थाको प्रदर्शनीसमेत रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्