काठमाडौं, १८ साउन–राष्ट्रिय जनता पार्टी नेपालको बुधबारबाट शुरु केन्द्रीय पदाधिकारी बैठकमा देशको राजधानी परिवर्तनको प्रस्ताव पेश भएको छ ।
बैठकमा सह महाचिव रमन पाण्डेयले देशको राजधानी काठमाडौंबाट सार्ने प्रस्ताव अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बुझाएका हुन् ।
पाण्डेले वर्तमान राजधानी काठमाडौं भौगोलिक रुपमा अनुपयुक्त स्थल रहेको भन्दै नयाँ नेपाल बनाउनका लागि चितवन वा नवलपरासीको क्षेत्रमा नयाँ राजधानी बनाउन राजपा लागिपर्नुपर्ने प्रस्ताव पेश गरेका हुन् ।