१४ असार २०८३, आइतबार

डोक्लाम विवादमा चीनले जारी ग–यो पन्ध्र पन्ने बयान, भारतलाई दियो चुनौती

कात्तिक २०, २०७४
डोक्लाम विवादमा चीनले जारी ग–यो पन्ध्र पन्ने बयान, भारतलाई दियो चुनौती

काठमाडौं, १८ साउन — डोक्लाम विवादका कारण भारत र चीनबीच तनाव कायम छ । यही विवादका बीच चीनले बुधवार १५ पन्नाको एक बयान जारी गरेको छ ।


चीनले बयानमा भारतलाई निःशर्त सेना हटाउन भनेको छ । भारतले भुटानको बहाना बनाएको र चीन तथा भुटानबीच कुनै विवाद नरहेको पनि बयानमा लेखिएको छ ।

चीन र भुटानबीचको कुरामा भारतको कुनै भूमिका नभएको समेत बयानमा उल्लेख छ ।

चीन आफ्नो भूमि रक्षाका लागि सक्षम रहेको र आफ्नो सम्प्रभुतालाई कसैले चुनौती दिन नसक्ने पनि लेखिएको छ ।

बयानमा १८ जुनमा भारतका करीब ४०० जवानहरू चिनियाँ इलाकामा १८० मिटरसम्म भित्र घुसेको लेखिएको छ ।

यसअघि मंगलवार चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि चीन सम्प्रभुतासँग कहिल्यै सम्झौता नगर्ने र उसको सेनाले हरेक आक्रमणलाई विफल गर्न सक्ने बयान दिएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्