टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०१७–२०१९) का लागि आकाक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रमसंगै सचिवका लागि बाशुदेव लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई पटकसम्म क्षेत्रिय समितिमा रहि काम गरिसकेका लामिछाने जापानवासी नेपालीलाई आफूलाई जिताउन आग्रह गरेका छन् ।
एनआरएनए जापानको क्षेत्रीय समितिहरु रहेको १३ वटा क्षेत्रमध्ये आफू सबैजसो क्षेत्रमा गैसकेको हुनाले हरेक क्षेत्र संग सहकार्य गर्दै केन्द्रसंग नजिक रहेर काम गर्न सक्ने विश्वास लामिछानेको छ ।
आफू फूर्सदिलो भएको र नेपालीको बसोबास बढी रहेको टोकियो क्षेत्रमा बसोबास गर्दै आएका कारण नेपालीको जस्तो सुकै समस्या समाधानमा अघि बढ्ने प्रतिवद्धता उनले जारी गरेका छन् ।
उनले आफू विजयी भएको खण्डमा विद्यार्थीका समस्या समाधानमा लागि पर्ने लामिछानेले बताए ।
आफूले समेत व्यवसायीक रुमा रेस्टुरेन्ट व्यवसाय गरेका कारण त्यससँग सम्बन्धित नेपालीलाई आफ्ना अनुभव मार्फत सकारात्म सन्देश दिने लामिछानेको भनाइ छ ।
लामिछानेले जापान आएर एनआरएन मा जोडीए संगै एनआरएन को हरेक अभियान मा तन, मन र धन ले सहयोग गर्दै आईरहेको हुनाले आफूलाई सहयोग गर्न अपिल गरेका छन् ।
लामिछानेले जापानमा भएका मुख्य राजनैतिक दलका भातृ संगठनहरुको एक साझा उमेद्वार भएकाले आफूले जित्ने दाबी प्रस्तुत गरेका छन् ।