×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

एमालेभित्र उम्मेदवार चयन : 'जित्ने' ठाउँमा मारामार, 'हार्ने' ठाउँमा टिकट फालाफाल

असोज ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनौटमा दलहरूभित्र मारामार छ । टिकट सुनिश्चित गर्नका लागि जिल्लाबाट काठमाडौंसम्म राजनीतिक म्याराथन चलिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

दलका शीर्ष नेताका घरमा झिसमिसेदेखि राति अबेरसम्म गुल्जार बनिरहेका छन् । टिकट फुत्काउनका लागि सम्भाव्य सबै उपाय अहिले आकांक्षीहरूले गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।


Advertisment
Nabil box
Kumari

मुख्य दलहरूमा आकांक्षीको लर्को लागिरहेको बेला यसपटक नेकपा एमालेलाई भने केही जिल्लामा उम्मेदवार खोज्नुपर्ने बाध्यता आइपरेको छ । 

Vianet communication
Laxmi Bank

गत शनिवार कार्यकाल सकिएको संसद्मा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभाका लागि नेताहरूलाई फकाएर उम्मेदवार बनाउनुपर्ने अवस्था आइपरेको हो ।

नेकपा एमालेविरुद्ध ५ दलीय गठबन्धनले चुनावी तालमेल गरेको, स्थानीय तहको निर्वाचनमा गतिलो नतिजा निकाल्न नसकेको र  आफ्नो निर्वाचन क्षेत्रमा जीत अनुकूलको परिस्थिति नदेखेपछि केही जिल्लामा टिकटको बलियो दाबेदारी नआएको एमालेका केही नेताहरूले बताएका छन् ।

बाग्मती प्रदेशको रसुवा जिल्लामा एमालेमा टिकटका लागि कसैले बलियो दाबेदारी गरेको छैनन् । जिल्ला कमिटीले प्रतिनिधि सभाका लागि ३ जनाको नाम सिफारिश त गरेको छ, तर उनीहरू आफूलाई टिकट दिनुहोस् भनेर लबिङमा छैनन् ।

जिल्लामा एमालेको राजनीति गरिरहेका कारण निर्वाचनका लागि नाम सिफारिश गर्नुपर्ने बाध्यात्मक अवस्थामा सिफारिश भएको तर, चुनावमा उम्मेदवार बन्ने रूचि कसैमा नदेखिएको रसुवाको एमाले जिल्ला कमिटीका एक सदस्यले बताए । 

‘रसुवाबाट तीन जनाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिश भएको छ । तर, कसैले पनि टिकटका लागि लबिङ गरेका छैनन् । सकेसम्म आफ्नो नाममा टिकट नआओस् भन्ने पक्षमा उहाँहरू हुनुहुन्छ’, जिल्ला कमिटीका ती सदस्यले भने ।

रसुवा एमालेले यसअघि दुईपटक उम्मेदवार बनेका जनार्दन ढकाल, छोवाङतेञ्जिङ तामाङ र उद्धव रिजालको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिश गरेको छ ।

ढलका यसअघि २०७४ र २०७० को चुनावमा उम्मेदवार बनेका थिए । उनले २०७० मा चुनाव जितेका थिए भने २०७४ मा हारेका थिए । अघिल्लो चुनावमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा समेत हार्नुपरेको र अहिले एमाले अन्य दलको घेराबन्दीमा रहेको अवस्थामा उनले टिकटका लागि पहल नगरेको रसुवाका नेताहरू बताउँछन् । 

रसुवाबाट एमालेका केन्द्रीय सदस्य रहेका माधवप्रसाद अर्याल स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । एमालेले बनाएको मापदण्डअनुसार, उनी प्रदेश र प्रतिनिधि सभाको उम्मेदवार बन्न पाउँदैनन् ।

जिल्ला अध्यक्ष कर्णेल तामाङ भने पार्टीले तीन जनाको नाम सिफारिश गरेर पठाएकाले केन्द्रले जसलाई टिकट दिन्छ उसैलाई आधिकारिक उम्मेदवार मानेर जिताउन लाग्ने बताउँछन् ।

‘हामीले उम्मेदवार सिफारिश गरेर पठाएका छौं । अब केन्द्रले कसलाई टिकट दिन्छ, उही व्यक्ति हाम्रो उम्मेदवार हो । उम्मेदवार नै नपाएको होइन’, तामाङले भने । 

स्थानीय चुनावमा रसुवामा एमालेले दुईवटा स्थानीय तहको प्रमुख जितेको छ । पाँच स्थानीय तहमध्ये ३ वटामा कांग्रेसले जितेको छ । उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका एमालेले जितेको हो ।

स्थानीय तहको चुनावको मत हेर्ने हो भने रसुवामा कांग्रेस पहिलो पार्टी हो । कांग्रेसले ११ हजार ८३९ मत पाउँदा एमालेले ११ हजार ४०, माओवादी केन्द्रले ४ हजार ३९२, जसपाले ५६८ मत पाएका छन् । अहिलेको चुनावमा सत्तारूढ गठबन्धनले तालमेलको निर्णय गरेका छन् । कांग्रेस र माओवादी मिल्दा १५ हजार ७४१ मत हुन्छ । प्रतिनिधि सभाका लागि रसुवामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । 

उम्मेदवार सिफारिश भएका जनार्दन ढकालले यस पटकको चुनावमा आफू उम्मेदवार नबन्ने बताइरहेको उनीनिकट रसुवाका एक नेताले बताए । 

‘अघिल्लो चुनावमै प्रशस्त खर्च भइसकेको छ । त्यसबेला दुई कम्युनिस्ट पार्टीको गठबन्धन हुँदा पनि चुनाव जित्ने अवस्था बनेन । अहिले झन् अनुकूल अवस्था छैन भन्ने विश्लेषण उहाँको हुनसक्छ । पटक–पटक खर्च गरिरहन पनि समस्या हुने भएकाले होला’, ढकालनिकट ती नेताले भने ।

तर, ढकालले भने पार्टीले चुनाव लड्नुपर्छ भन्यो भने आफू पछि नहट्ने बताए । ‘मैले पार्टीमा अरूलाई पनि अवसर दिनुपर्छ । एकै व्यक्तिले मात्रै अवसर लिनु हुँदैन भनेको हुँ । पार्टीले मलाई नै दौडनुपर्छ भन्यो भने चुप लागेर बस्ने अवस्था आउँदैन’, ढकालले भने ।

रसुवामा मात्रै होइन, गोरखामा पनि एमालेले उत्साहप्रदरूपमा टिकट दाबी गरिरहेको उम्मेदवार पाउन सकेको छैन । प्रतिनिधि सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा एमाले कमजोर छ । ११ वटा स्थानीय तह रहेको गोरखामा एमालेले कुनै पनि स्थानीय तह जितेको छैन । 

स्थानीय तह चुनावको मतको हिसाब गर्दा गोरखा– १ मा एमाले तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कांग्रेसले २७ हजार ८४ मत पाएको छ । माओवादी केन्द्र २५ हजार ४७२ मतसहित दोस्रो र एमाले १४ हजार ५६६ मत पाएर तेस्रो स्थानमा छ । त्यसैगरी, जसपाले २ हजार ७५४ मत पाएको थियो । 

एमालेले जितको अपेक्षा नगरेको जिल्लामध्ये हो, गोरखा । गोरखामा माओवादी केन्द्रले चुनाव जित्दै आएको छ । माओवादी केन्द्रको प्रभाव रहेको गोरखामा क्षेत्र नम्बर– १ बाट हरिराज अधिकारीले चुनाव जितेका थिए भने गोरखा–२ बाट तत्कालीन नयाँ शक्तिका डा. बाबुराम भट्टराईले चुनाव जितेका थिए ।

यसपटक पनि गोरखा–२ बाट भट्टराई उम्मेदवार बन्ने भएका छन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने भएपछि उनलाई चुनाव जित्न थप सहज हुने देखिन्छ । 

गोरखा– २ मा स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी हो । उसले २२ हजार २५० मत ल्याएको छ । त्यसैगरी, कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ मत पाएका थिए ।

चुनाव जित्ने आधार नदेखेपछि गोरखामा पनि एमालेलाई उम्मेदवार तय गर्न कठिन छ । आफ्नो पार्टीको मतको सम्मान गर्न र समानुपातिक मतको सुरक्षा गर्नका लागि मात्रै गोरखामा एमालेले उम्मेदवार तय गर्ने एमालेका नेताहरू बताउँछन् । 

गोरखाको दुवै क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । तर, सिफारिश भएका मध्ये कसैले पनि टिकटका लागि लबिङ गरेका छैनन् । 

गोरखा क्षेत्र नम्बर– २ बाट मिलन गुरूङ (चक्रे) सहित तीनजनाको नाम सिफारिश भएको छ । उनीसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम उम्मेदवारको रूपमा सिफारिश भएको हो । 

चक्रे मिलनको नामले चिनिने मिलन गुरूङ विवादास्पद गतिविधिमा संलग्न छन् । उनले गुण्डा नाइकेको पहिचान बनाएका छन् । गोरखा– २ मा देवकोटा र कुमालले टिकटका लागि खासै चासो नराखेको र एमालेले आगामी चुनावमा चक्रे मिलनलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् ।

गोरखा क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमाले जिल्ला कमिटीले रामशरण बस्नेत, आरसी लामिछाने र कृष्ण नेपालीको नाम सिफारिश गरेको छ । बस्नेत भने गण्डकी प्रदेशको मन्त्री भइसकेका व्यक्ति हुन् । २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका कारण बस्नेतले प्रदेशमा चुनाव जितेका थिए ।

एमालेलाई उम्मेदवार तय गर्न कठिन भएको अर्को जिल्ला हो रोल्पा । माओवादी केन्द्रको आधार इलाकाको रूपमा चिनिने रोल्पाबाट एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर बुढा मगरको नाम सिफारिश गरेको छ । उनी पूर्व माओवादी हुन् । रोल्पाबाट यसपटक एमालेले सिफारिश गरेका अधिकांश उम्मेदवार पूर्व माओवादी पृष्ठभूमिका छन् । 

प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जीएम, रिमा नेपाली र मिना बुढामगरको नाम सिफारिश भएको थियो । रोकामगर पनि पूर्व माओवादी हुन् ।

एमालेले पूर्व माओवादी पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवारको रूपमा सिफारिश गरेर माओवादी केन्द्रको मत तान्ने प्रयास गरेको देखिन्छ । 

प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र–१ (१) मा जयप्रकाश बुढामगर र १ (२) बाट प्रेमबहादुर घर्तीमगरको नाम सिफारिश भएको थियो । बुढा मगर पनि पूर्व माओवादी हुन् । 

प्रदेश सभाको समानुपातिकतर्फ यमुना रोका तामाङ, सावित्रा कुमारी बुढा (घर्ती), राजेन्द्र बुढाथोकी र ओमराज घर्तीमगर सिफारिश भएका थिए । यमुना रोका तामाङ पनि पूर्व माओवादी हुन् ।

रोल्पामा स्थानीय तहको मत हेर्दा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा छ । स्थानीय तहको चुनावमा माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४ र एमालेले १५ हजार ३०१ मत प्राप्त गरेका थिए । रोल्पामा एउटा मात्रै स्थानीय तह एमालेले जितेको छ । 

माओवादी र कांग्रेस मिल्दा एमाले मतका हिसाबाले निकै पछाडि हुने देखिन्छ । त्यसो हुँदा रोल्पामा पनि आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै एमालेले उम्मेदवार उठाउनुपर्ने छ । त्यसका लागि स्थानीय नेताहरूलाई भविष्यको आश्वासन देखाएर उम्मेदवार बनाउनुपर्ने बाध्यतामा एमाले छ ।

त्यस्तै, समस्या रूकुम पूर्व र पश्चिममा पनि छ । ती जिल्ला पनि माओवादी आधार इलाकाको रुपमा चिनिन्छन् । रूकुमपूर्व र पश्चिम दुवै ठाउँमा एमाले तेस्रो शक्ति हो । दुवै ठाउँमा एमालेले कुनै पनि स्थानीय तह जितेको छैन । रोल्पा र रूकुममा २०६४ यताका सबै चुनाव माओवादी केन्द्रले नै जित्दै आएको छ । त्यसअघि रोल्पामा संयुक्त जनमोर्चाले चुनाव जित्ने गरेको थियो । 

माओवादी केन्द्रको प्रभाव रहेका निर्वाचन क्षेत्रमा मात्रै होइन, अन्यत्र पनि एमालेलाई उम्मेदवार बनाउन कठिन छ । 

कञ्चनपुरको एमाले जिल्ला कमिटीका एक नेता भन्छन्, ‘यहाँका धेरैले समानुपातिकमा समेटिने प्रयास गरेका थिए । समानुपातिकमा परे प्रत्यक्षमा चुनाव नलड्ने, अरूलाई सहयोग गर्ने भनेका छन् । अहिले टिकटको दाबी गर्नेभन्दा छाड्ने धेरै छन् । टिकटको फालाफालजस्तै छ ।’

केही प्राविधिक विषय मिलाउँदा चुनाव जित्ने सम्भावना रहेको जिल्लामा टिकटको लडाइँ चलिरहेको उनले बताए । कञ्चनपुरको ९ स्थानीय तहमध्ये ३ स्थानीय तह मात्रै एमालेले जितेको छ । 

स्थानीय तहको मत हेर्दा कञ्चनपुर– १ मा एमाले अगाडि छ भने २ र ३ निर्वाचन क्षेत्रमा एमाले दोस्रो स्थानमा छ । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको अवस्थामा एमालेलाई केही राहत मिल्छ । तर, कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा सबै निर्वाचन क्षेत्रमा एमाले पछाडि देखिन्छ ।

उदयपुरबाट प्रदेश सभामा टिकट दाबी गरिरहेका एमालेका एक नेता भन्छन्, ‘राजनीतिक र सामाजिक दुवै क्षेत्रमा काम गरेको हुँदा चुनाव जित्छु भनेर टिकटको दाबी गरेको हुँ । 

एमालेको मात्रै मतलाई आधार मान्ने हो भने चुनाव जित्ने अवस्था देखिँदैन । उदयपुरमा पनि टिकटको दाबेदारीमा खासै रस्साकस्सी देखिएको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x