०२ असार २०८३, मंगलबार

हत्या आरोपमा तीन वर्षदेखि साउदी जेलमा, निर्दोष ठहरिए पनि रिहा गरिएन

कात्तिक २०, २०७४
हत्या आरोपमा तीन वर्षदेखि साउदी जेलमा, निर्दोष ठहरिए पनि रिहा गरिएन
काठमाडौँ, १९ साउन- हत्या आरोपमा तीन वर्षदेखि साउदी अरबको जेलमा रहेका एक नेपाली निर्दोष साबित भएको तीन महिना बित्दा पनि जेलमुक्त हुन सकेका छैनन् ।jail
चितवन खैरहनीका सोमप्रसाद सिलवालको हत्या आरोपमा अनुसन्धानका लागि पक्राउ परेका चितवनकै टीकाराम सापकोटालाई त्यहाँको अदालतले निर्दोष घोषणा गरे पनि थप प्रक्रियामा ढिलासुस्ती हुँदा रिहा हुन सकेका छैनन् ।

सोमप्रसादको हत्या आरोपमा तीन वर्षअघि प्युठानका सतिउल्लाह मियाँसँगै टीकाराम पनि पक्राउ परेका थिए । मियाँले हत्या आफूले मात्र गरेको स्वीकार गरेपछि गत १७ वैशाखमा साउदीको तल्लो अदालतले टीकारामलाई निर्दोष घोषणा गरेको थियो । तर, तल्लो अदालतको फैसला अपिल कोर्टले सदर गरिनसकेकाले उनी अझै रिहा हुन सकेका छैनन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्