काठमाडौँ, १९ साउन- एमालेले सत्ता पक्षले नियोजित रूपमै चितवनस्थित भरतपुर महानगरपालिकाको निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

अध्यक्ष केपी ओलीनिवास बालकोटमा बुधबार बसेको स्थायी समितिको बैठकले पार्टीका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवालीलाई निर्वाचनको मुखमै पक्राउ गर्नुले सत्ता पक्षको निर्वाचन प्रभावित पार्ने नियोजित चालबाजी उदांगिएको निष्कर्ष निकालेको छ, नयाँ पत्रिकामा खबर छ ।