२१ असार २०८३, आइतबार

राति निदाउन नसकेमा अपनाउनुस् यी उपाय, केही क्षणमै लाग्छ निद्रा

कात्तिक २०, २०७४
राति निदाउन नसकेमा अपनाउनुस् यी उपाय, केही क्षणमै लाग्छ निद्रा

काठमाडौं– कामको बोझ वा तनावका कारण प्रायःलाई निदाउन समस्या हुन्छ । समयमै निदाउन नसकेका कारण विभिन्न रोगले च्याप्ने गर्छ ।


अघिल्लो दिनमा राति निदाउन नसके भोलिको दिन समेत खराब हुने गर्छ । जसको कारण शरीरमा थकान, शरीर दुख्ने र आँखा पोल्ने लगायतका समस्या हुनसक्छ ।

बेडमा बसेर धेरै समय निदाउन कोशिस गरेपनि निदाउन नसक्दा रातभरी जाग्राम बस्ने पर्ने अवस्था हुन्छ ।
यदि तपाइँलाई पनि यस्तो समस्या छ भने यी निम्न प्रकारका उपायहरु अपनाउँदा समयमै निदाउन सहयोग गर्छ ।

यी उपायहरु जुन प्रयोगबाट उपयोगी सिद्ध भएका छन् । यसो गर्दा रातिमा निद्रा नलाग्ने समस्याबाट छुटकारा मिल्छ ।
यसको लागि कुनै प्रकारको औषधीको प्रयोग बिना नै निदाउन सकिन्छ । त्यसको लागि तल दिइएको टिप्सलाई नियमित अपनाउनुपर्ने हुन्छ ।

राति निद्रा नलाग्ने समस्याबाट बच्न यी उपायहरु अपनाउनुहोस् ।

सबैभन्दा पहिला ठूलो आवाज निकालेर मुखबाट सास छोड्नुपर्छ ।

मुख बन्द गरेर नाकबाट बिस्तारै बिस्तारै सास लिनुपर्छ । आफ्नो सासलाई ७ अंकसम्म गन्ती गन्ने र ८ गन्ती गर्दासम्म सासलाई बिस्तारै बाहिर छोड्नुपर्छ ।

यो सकिएपछि फेरि सास भित्र तान्ने र यो प्रक्रिया चारपटकसम्म दोह–याउनुपर्छ ।

यसो गरिरहँदा लामो सास तान्दै छोड्दै गर्नुपर्छ । यसबाट तपाइँको दिमाग शान्त अवस्थामा पुग्छ । यसो गर्दा केही क्षणमै निद्रा लाग्ने गर्छ ।

यदि तपाइँ आँखा बन्द गरेर ध्यान केन्द्रित गरेर बस्नुभयो भने केही रंगीन चीज देख्न सकिन्छ । यसलाई ‘फास्फिन्स’ भन्ने गरिन्छ । आफूलाई शान्त बनाएर त्यसलाई हेर्दै गर्नुभयो तपाइँलाई निद्रा लाग्न सहयोग गर्छ । यसपछि बिस्तारै सास लिनुस् ।

बेडमा बसिरहेका बेला धेरैपल्ट कोल्टे फेर्नुहुँदैन यसले तपाइँलाई अस्थीर बनाउँछ । र, निदाउन गाह्रो हुन्छ ।
निदाउनुभन्दा अघि शरीरलाई एक शान्त स्थितिमा पु–याउनुपर्छ ।


सुत्दा सिरानी नरम खालको हुनुपर्छ ।

सुत्ने कोशिस गरिरहँदा घडी हेर्ने नगर्दा राम्रो । घडी हेरिरहँदा धेरैसमय निदाउन नसकेको आभास हुन्छ । यसले तपाइँलाई झन् निदाउन गाह्रो हुन्छ ।

आँखाको परेला छिटोछिटो झिम्काउनुुस् । निदाउन समय लाग्नु भनेकै आँखा थकित हुनु हो ।

सुत्ने प्रयास गरिरहँदा पानी अत्याधिक पिउनु हुँदैन ।

सुत्ने समय परिवर्तन गर्नुहुँदैन । यसले तपाइँको निदाउन समस्या हुन्छ ।

निदाउनको लागि नाकबाट ४ सेकेण्डसम्म लामो सास तान्ने , ७ सेकेण्डसम्म रोक्ने र ८ सेकेण्डसम्म बिस्तारै सास छोड्ने गर्नुपर्छ ।

कसैलाई पुस्तक पढ्ने र संगीत सुन्दा निदाउने हुन्छ ।

माथि उल्लेखित उपायहरु व्यक्ति अनुसार फरक पर्नसक्छ । 

salt training

कमेन्ट गर्नुहोस्