२५ जेठ २०८३, सोमबार

अमेरिकी सांसदहरूविरुद्ध मुख छाडे दक्षिण कोरियाका राष्ट्रपतिले

असोज ६, २०७९
अमेरिकी सांसदहरूविरुद्ध मुख छाडे दक्षिण कोरियाका राष्ट्रपतिले

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले अमेरिकाविरुद्ध मुख छाडेको अडियो क्लिप भाइरल भएको छ । 

बुधवार उनले न्युयोर्कमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अमेरिकाका राष्ट्रपति जो बाइडनसँग तस्वीर खिचाएका थिए र छोटो कुराकानी पनि गरेका थिए । ग्लोबल फन्डका लागि बाइडनले ६ अर्ब अमेरिकी डलर छुट्ट्याइएको घोषणा गरेका थिए । 

बाइडनसँगको कुराकानीपछि यूनले आफ्ना सहयोगीहरूलाई भनेको कुरा भाइरल भएको हो । उनले भने, ‘कंग्रेस (अमेरिकी संसद्) का (अश्लील गाली) हरूले यसलाई पारित गरेनन् भने बाइडनलाई अप्ठ्यारो कसरी पर्दैन ?’

यूनको यो टिप्पणीको यूट्युब क्लिप अप्लोड भएको केही घन्टाभित्रै २० लाख भ्युज भइसकेको थियो । दक्षिण कोरियाका ट्विटर प्रयोगकर्तामाझ (अश्लील गाली) एक नम्बरको ट्रेन्डिङ टपिक बनेको थियो । 

ग्लोबल फन्डमा बाइडनले थप रकम लगानी गर्न खोजेका छन् तर त्यसका लागि कंग्रेसको समर्थन आवश्यक छ । 
 

salt training

कमेन्ट गर्नुहोस्