१४ असार २०८३, आइतबार

नाडा ईभी अटो शोमा हिरो ई–स्कुटरको नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर

नाडा ईभी अटो शोमा हिरो ई–स्कुटरको नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण  शुरू छ । 

लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नाडा ईभि अटो सो मा स्टल नम्बर सी७मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ ।

जसमा रु. २५,०००।– सम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । 

एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको कम्पनीले जनाएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको  कम्पनीले जनाएको छ ।

थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति नाडा ईभि अटो सो मा स्टल नम्बर सी७ मा सम्पर्क गर्न सकिनेछ ।

एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि  समेत आवेदन लिँदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । 

हिरो  इलेक्ट्रिकका हजारौं सन्तुष्ट गा्रहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रीक मोविलिटी  क्षेत्रमा एक दशकभन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्