०२ असार २०८३, मंगलबार

वैवाहिक अंगिकृत नागरिकता लिनेको संख्या बढी

कात्तिक २०, २०७४
वैवाहिक अंगिकृत नागरिकता लिनेको संख्या बढी

मोरङ, १९ साउन– मोरङ जिल्लामा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ ।

नयाँ संविधान जारी भएयता अघिल्लो आवभन्दा गत आव २०७३/०७४ मा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो ।

मोरङमा गत आवमा ४८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, मोरङको तथ्यांकमा उल्लेख छ, जसअनुसार अघिल्लो आव भन्दा गत आवमा ११५ जना वैवाहिक अंगीकृत नागरिकता लिने बढेको देखिन्छ । आव २०७२/०७३ मा मोरङबाट ३७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए ।

गत आवमा जिल्ला प्रशासन कार्यालय, विराटनगरबाट ३१०, इलाका प्रशासन कार्यालय रङ्गेलीबाट १६८ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत आवमा मोरङबाट ३३ हजार ४१२ जनाले नागरिकता लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्