०४ साउन २०८३, सोमबार

मोहन वैद्यसहितका ४ दलले निर्वाचन बहिस्कार गर्ने

मोहन वैद्यसहितका ४ दलले निर्वाचन बहिस्कार गर्ने
फाइल तस्वीर

विभिन्न ४ कम्युनिष्ट दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् ।

उनीहरूले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको बिरोध गर्नेहरूले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए । 

उनले मधेशमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेशमा नागरिकता पाउने खास जाति र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे । वैद्यले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखे । उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेशमा हुनुपर्ने बताए । उनले नागरिकताको विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको आरोप लगाए । 

वैद्यले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुवीकरणको सम्भावना रहेको बताए । उनले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्