३१ असार २०८३, बुधबार

मकवानपुर दुर्घटना - मृतक दुई जनाको सनाखत

मकवानपुर दुर्घटना - मृतक दुई जनाको सनाखत

जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुईको सनाखत भएको र बाँकी पाँच जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । हालसम्म बारा जिल्ला निवासी अन्दाजी वर्ष ३३ की अञ्जुला मिया ठकुराई र नुवाकोट जिल्ला स्थायी घर भई हाल रौतहटको गौरमा कार्यरत सुरक्षाकर्मी अन्दाजी वर्ष ३४ का रघुराज न्यौपानेको मात्रै सनाखत भएको प्रवक्ता घिमिरेले बताए। आज दिउँसो काठमाडौँबाट वीरगञ्जका लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनुभएका २५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३२ जना सवार थिए । 

salt training

कमेन्ट गर्नुहोस्