२२ जेठ २०८३, शुक्रबार

बहुप्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ आजदेखि प्रदर्शनमा

बहुप्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ आजदेखि प्रदर्शनमा

बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आजदेखि नेपाल–भारतसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको हिन्दी संस्करण विश्वभरका १ हजार बढी पर्दामा प्रदर्शनमा आएको छ ।

नेपालमा भने आजदेखि नेपाली संस्करण मात्रै प्रदर्शनमा आएको हो । 

हिन्दी संस्करण घटस्थापना अर्थात आगामी सोमवारदेखि प्रदर्शन गर्ने तयारी छ । 

‘प्रेम गीत ३’ ले नेपालमा मल्टिप्लेक्स् हलहरूमा उच्च शो पाएको छ । 

मल्टिप्लेक्स् अन्तर्गतको सबैभन्दा ठूलो चेन क्यूएफएक्सले मात्रै चलचित्रलाई प्रदर्शनको पहिलो दिन ७७ शोज् दिएको छ । 

चलचित्र हेर्न दर्शकहरूको उपस्थिति बिहानैदेखि उत्साहजनक रहेको हल संचालकहरुले बताएका छन् । 

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । 

साथमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, पुश्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, अनुभव रेग्मी, योगिशा खत्री, सन्तोष सेन लगायतको अभिनय छ । 

चलचित्रले व्यापारमा नयाँ रेकर्ड कायम गर्ने अनुमान गरिएको छ ।

चलचित्र कोरोना महामारी अघि निर्माण भएको हो । 

 

 


salt training

कमेन्ट गर्नुहोस्