×

NMB BANK
NIC ASIA

नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा जसपाले गर्‍यो आन्दोलको घोषणा

असोज ७, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । 

Muktinath Bank

जसपा प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले मधेश प्रदेशका सबै जिल्ला कार्य समितिहरूलाई परिपत्र पठाउँदै आन्दोलनका कार्यक्रम अगाडि बढाउन निर्देशन दिएका छन् । परिपत्रअनुसार जसपाले असोज ८ गते जिल्लाका नागरिक समाज, वुद्धिजिवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकर्मी तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, असोज ११ गते जिल्ला सदरमुकाममा भ्रातृसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुत्ला दहन गर्ने, १३ गते केन्द्रीय नेता, सांसद, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूसमेतको उपस्थितिमा विधेयक तथा अध्यादेशबारे जानकारी गराउने उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

आन्दोलनका कार्यक्रमअन्तर्गत असोज १५, १६ र १७ गते पालिका तथा वडास्तरमा विरोध कार्यक्रम आयोजना गर्ने परिपत्रमा उल्लेख गरिएको छ । 

Vianet communication

संघीय संसद्को दुवै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा)ले दोस्रोपटक पास गरी प्रमाणीकरणका पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि सत्तारुढ गठबन्धनले विरोधका कार्यक्रम थालेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x