माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असोज ७, २०७९
केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् ।
गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा चलाइरहेको सैन्य कारवाहीमा व्यस्त थियो ।
यस घटनाले कतिपय पश्चिमी पर्यवेक्षकहरूलाई अनुमानको खेतीका लागि प्रेरित गरेको थियो । सीमाक्षेत्रमा चीनले इतिहासका अन्यायलाई सम्बोधन गर्न खोजेको भनी उनीहरूले कुनै पनि प्रमाण प्रस्तुत नगरिकन अनुमान गरेका थिए ।
सन् १८५८ मा गरिएको आइगुन सन्धिले उत्तरपूर्वी चीन (मन्चुरिया) र रुसको सुदूरपूर्वी क्षेत्रबीचको सीमा कोरेको थियो ।
चिनियाँ दृष्टिकोणबाट हेर्दा यो असमान सन्धि थियो किनकि चिनियाँ साम्राज्य कमजोर भएको बेलामा यसमा हस्ताक्षर गरिएको थियो । उक्त सन्धिले रुसी साम्राज्यलाई मन्चुरियाको ६ लाख वर्गकिलोमिटर भन्दा बढी क्षेत्र दिलाएको थियो ।
उन्नाईसौं र बीसौं शताब्दीको विरासतका रूपमा युरेसिया क्षेत्रका ठूला शक्तिहरूबीच सीमाविवाद कायम छन् । कुरिल टापुसमूहका विषयमा जापान र रुसबीच ऐतिहासिक विमति रहिआएको छ । जापानका अन्य छिमेकी चीन र दक्षिण कोरियासँग पनि टापुहरूको स्वामित्वका विषयमा विवाद छ ।
त्यस्तै भारत र चीनबीच पनि सीमाविवाद छ तर त्यसका बावजूद उनीहरू एकअर्कासँग सहकार्य गरिरहेका छन् । त्यसको ताजा उदाहरणस्वरूप लद्दाखको पूर्वी क्षेत्रबाट दुवै पक्षले आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय लिए । यसरी उनीहरूले एसियाली शताब्दीतर्फको एक पाइला अघि बढाए ।
भारत र चीनबीचको सहकार्य विशेष रूपमा उल्लेखनीय छ किनकि भारत क्वाडको पनि सदस्य हो । क्वाडलाई कतिपयले चीनविरोधी ‘नयाँ नेटो’ का रूपमा हेर्ने गरेका छन् । तर गम्भीर द्विपक्षीय विमतिका बावजूद युरेसियाली राज्यहरूले विभिन्न स्तरमा सहकार्यका लागि प्रशस्त अवसर रहेको देखाएका छन् ।
त्यही मर्मअनुरूप, नयाँ दिल्लीले मस्कोसँग निकट सम्बन्ध कायम राखेको छ भने वाशिङटनसँग पनि नजिकिइरहेको छ । त्यही कुरा चीन र रुसको सहकार्यमा पनि लागू हुन्छ भलै उनीहरूबीच उत्तरपूर्वी चीन र रुसको सुदूरपूर्व क्षेत्रको सीमामा विवाद होस् ।
सन् १९६९ मा त्यसै क्षेत्रमा आमुर नदी नजिक चीन र सोभियत संघबीच साता महिना लामो अघोषित सैन्य द्वन्द्व भएको थियो । द्वन्द्वपछि अमेरिकाले हेनरी किसिन्जरलाई गोप्य रूपमा चीन पठाएर बेइजिङसँगको सम्बन्ध बलियो बनाउन खोजेको थियो ।
किसिन्जरले सन् १९७१ मा चाउ एनलाईसँग भेटघाट गरेका थिए । त्यसको एक वर्षपछि अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गरे अनि चीनका सर्वोच्च नेता माओ चतोङसँग उनको भेटघाट भयो ।
चीन र सोभियत संघबीच दरार आएको भए पनि दुई देशले आफ्नो सम्बन्धलाई स्थिर राखिरहे ।
निकट विगतको कुरा गर्नुपर्दा सन् २००८ जुलाई २१ मा चीनका तत्कालीन परराष्ट्रमन्त्री याङ काइची र उनका रुसी समकक्षी सर्गे लाभरोभले बेइजिङमा चीन–रुस सीमा रेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । यसरी उनीहरूले चीन–रुस सीमालाई सर्वस्वीकार्य ढंगले निर्धारण गरे ।
गत फेब्रुअरी ४ मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी चिनपिङले बेइजिङमा दुई राज्यबीचको मित्रतामा ‘कुनै सीमा नरहेको’ घोषणा गरे । यो बयान अतिशयोक्ति जस्तो देखिएपनि अमेरिकाको दृष्टिकोणबाट भने त्रासद थियो किनकि यसले एकध्रुवीयता कायम राख्ने वाशिङटनको महत्त्वाकांक्षालाई ठाडो चुनौती दिएको थियो ।
कुनै पनि मित्रता निरपेक्ष हुँदैन तर चीन–रुस सम्बन्ध नयाँ युगमा प्रवेश गरेको कुरा सत्य हो । बेइजिङले भ्लादिभोस्तोक बन्दरगाह जस्तो रुसको सुदूरपूर्वी क्षेत्रमा व्यापार र लगानी गरिरहेको अनि ट्रान्स–साइबेरियन रेलमार्ग बनाइरहेकोलाई पनि यसै सन्दर्भमा हेर्नुपर्छ । रुसमा बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका लगानी पनि निरन्तर जारी छन् ।
एसिया ब्रीफिङका प्रकाशक क्रिस डेभोनशायर–एलिसका अनुसार, चीन र रुस दुवैले हेह–ब्लागोभेश्चेन्स्क सीमावर्ती शहर (जुन आमुर नदीको विपरीत किनारमा छन्) लाई ट्रान्स–साइबेरियन रेलमार्गको एक पहुँच विन्दुका रूपमा महत्त्वपूर्ण विकास केन्द्र भनिरहेका छन् ।
त्यसका लागि दुई देशबीच सीमामा शान्ति हुनु जरूरी छ र यसले मस्को तथा बेइजिङ दुवैको हित गर्छ । केही पश्चिमी विश्लेषकहरू उनीहरूबीच विवाद उठे हुन्थ्यो भन्ने अभिलाषा राखिरहेका छन् तर त्यस्तो हुने देखिँदैन ।
तर अमेरिका नेतृत्वको पश्चिमले ‘सीमारहित’ मित्रताको अवधारणालाई चुनौती दिनका लागि प्रचारबाजी र कूटनीति जारी राखेको छ । रुस र चीनबीच संघर्षका विन्दुहरू खोज्न र प्रवर्धन गर्न उनीहरू लागिपरेका छन् ।
त्यही सोचका साथ युक्रेनका विषयमा पुटिनसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको टिप्पणीलाई वाशिङटनले बढाइचढाइ गरेको छ । मन्चुरियाका विषयमा मस्को र बेइजिङबीच दरार ल्याउन सकिन्छ कि भनी उसले प्रयास जारी राख्नेछ ।
अमेरिकाको प्रभावमा परी जापानले कुरिल टापुसमूहका विषयमा रुससँग निहुँ खोज्न थालेको छ । तर चीनले पनि यस्तै किसिमको व्यवहार गर्छ भन्ने छैन ।
चीन र रुसको युरेसियाली रणनीतिक चासो निकै गहिरो छ अनि दुवै देश द्विपक्षीय विवादका बावजूद सहकार्य गर्नका लागि सुझबुझपूर्ण कूटनीतिक संयन्त्रको उपयोग गर्दछन् । त्यसका साथै उनीहरूले एससीओ र ब्रिक्स जस्ता समूहको उपयोग गरी सबैलाई अधिकतम लाभ हुने हिसाबमा आफ्ना दृष्टिकोणहरूलाई समन्वय गर्नेछन् ।
साउथफ्रन्टमा प्रकाशित अन्तर्राष्ट्रिय द्वन्द्वका अनुसन्धाता उरिएलअराउजो लेखलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...