
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित गरिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ शुक्रवार स्थगित गरिएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिविरुद्ध बिहीवार गरिएको दायर रिटको पेसी न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । शुक्रवार समय अभावका कारण उक्त सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले लोकान्तरलाई जानकारी दिए । उक्त रिटको सुनुवाइ असोज ९ गते (आइतवार)का हुने उनले बताए ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न मागसहित सर्वोच्चमा ५ रिट दर्ता भएका छन् ।