×

NMB BANK
NIC ASIA

इसेवा मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।

Muktinath Bank

एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्समार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो । यो अभियान असोज ७ बाट शुरु भएर फागुन ६ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान शुरु गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो–कोहीले पनि सहभागिता जनाउन सक्ने छन् । 

Vianet communication
Laxmi Bank

यसअभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरूको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने जनाइएको छ । 

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, ‘आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका सबै नेपालीको योगदान उत्तिकै महत्वपूर्ण छ । अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनीय हुन जान्छ ।’

इसेवा मनी ट्रान्सफरले स्थापनाकालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल कारोबारका लागि समर्पित रहिआएको म्यानेजर खनालले बताए । ‘आज हामी यस अभियानमार्फत विदेशमा रहनुहुने समस्त दाजुभाइ तथा दिदी बहिनीहरूलाइ डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्‍याउन अपिल गर्दै, विश्वभर भएका नेपालीहरूलाइ देश डिजिटल बनाउने अभियानमा जोड्न हामी मेरो डिजिटल देश शुरु गर्न लागेको जानकारी गराउन चाहान्छौँ’, उनले भने । 

मेरो डिजिटल देश अभियानमा नेपाली सिनेजगतका महानायक राजेश हमालसमेत जोडिएका छन् । उनी यस अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफर सँगै देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रबद्र्धनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।

त्यस्तै, अभियानबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरू सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्‍याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशतभन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रित हुने छ । विश्वका विभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यति ठूलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरूमध्ये केहीलाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौँ ।’

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x