
बुटवलबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार दाङको गढवा गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय निराजन योगी र रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का २२ वर्षीय आशिष विश्वकर्मा पक्राउ परेका हुन् ।
देवीनगरस्थित सुवर्ण पथबाट बिहीवार साँझ पक्राउ परेका दुई युवाको साथबाट ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपीे केसीले बताए । उनीहरूविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।