१९ असार २०८३, शुक्रबार

बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट हुने

बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट हुने

बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म हुनेछ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. ७ हजार थप मूल्य पनि पाउन सकिनेछ । 

सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरूले ७ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेहरू जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजनाअन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागी उपभोक्ताहरूले पनि आकर्षक उपहारहरू जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरूले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।        

असोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्