
१२ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले असोज ८ गतेदेखि कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने र द्वीप प्रज्वलन कार्यक्रम तय गरेका छन् ।
केसीका माग तत्काल सम्बोधन नभए चिकित्सकहरुले थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी पनि दिएका छन् ।
