
शनिबारदेखि चितवनमा पनि पठाओको राइड सेयरिङ सेवा शुरू भएको छ । राजधानी बाहिर कम्पनीले पहिलोपटक चितवनमा सेवा विस्तार गरेको हो ।
चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ ।
चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।