×

NMB BANK
NIC ASIA

नेपाली चलचित्र

‘प्रेम गीत ३’का ‘अमन’ र ‘क्रान्तिवीर’को फिल्मी यात्रा [भिडियोसहित]

‘यतिबेला छेतन सरलाई धेरै सम्झिरहेका छौँ’

असोज ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिजो (शुक्रवार)देखि ‘वर्ल्डवाइड’ रिलिज भएको छ । कोरोना महामारीअघि निर्माण भएको फिल्मले अन्ततः तीन वर्षपछि नेपालमा मात्र नभएर भारतसँगै थुप्रै देशहरूमा एकसाथ रिलिजको अवसर पाएको छ । ‘इतिहासको काल्पनिक कथा’ भनिएको फिल्मलाई सबैतिरबाट सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । प्रतिक्रियाबाट उत्साहित देखिएको छ, ‘प्रेम गीत ३’ निर्माण टिम । र, उत्तिकै उत्साहित छन् अभिनेताद्वय मनिष राउत र प्रेम पुरी । 

Muktinath Bank

मनिष र प्रेम ‘प्रेम गीत ३’ का मुख्य पात्रहरूमध्येका हुन् । मनिष र प्रेमका अनुसार सात गाउँको राजाको कथा हो, प्रेम गीत ३ । फिल्म प्रदर्शनको दिन लोकान्तरकोस्टुडियोमा भलाकुसारीका क्रममा उनीहरू दुवै निकै खुशी देखिए । उनीहरूले ‘प्रेम गीत ३’बारे केही कुराहरू शेयर गरे । आ–आफ्नो फिल्मी यात्राबारे पनि केही कुरा सुनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘फिल्ममा म राजकुमारको भूमिकामा छु । राजकुमारको नाम अमन हो’, मनिषले ‘प्रेम गीत ३’मा आफ्नो भूमिकाबारे बताए । फिल्ममा राजकुमारको भूमिका निर्वाह गर्नका लागि उनले धेरै कुराहरू सिकेका थिए । बञ्चरो चलाउनेदेखि घोडचढी (हर्स राइडिङ)लगायतका कुराहरू सिकेको र आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको मनिषले बताए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

मनिषको डेब्यू फिल्म हो, ‘प्रेम गीत ३’ । कोरोनाका कारण ‘प्रेम गीत ३’को प्रदर्शनमा ढिलाइ भए पनि आफू वर्षौंदेखि आजको दिनको पर्खाइमा रहेको उनले बताए । उनले अगाडि भने, ‘एउटा कलाकार, निर्देशक अनि फिल्म क्षेत्रमा लागेको ब्यक्तिलाई शुक्रवार धेरै विशेष हुँदोरहेछ । यो शुक्रवार मैले २/३ वर्ष नभई, १० वर्षदेखि कुरेको छु । यस फिल्ममा काम गर्नुअघि थुप्रै निर्माताको ढोका ढक्ढकाएको छु ।’ 

जीन्दगीमा धेरै कुरा भन्नु छ भन्ने लाग्छ मनिषलाई । केही कुराहरू सम्बन्धको बारेमा होलान्, केही भावनाको बारेमा वा केही कुराहरू समाजका बारेमा होलान् । मनिष फिल्मप्रतिको आकर्षणबारे सुनाउँछन्, ‘म पहिले कविताहरू लेख्थे, तर कविताले पुगेन मलाई । त्यसपछि दृश्यभाषामा आउन मन लाग्यो । ओस्कार फिल्म कलेजमा भर्ना भएँ ।’ ओस्कार कलेजमा भर्ना भएपछि उनलाई लाग्यो, फिल्म संसारको सबैभन्दा आधुनिक कला (मोर्डन आर्ट) हो । 

‘प्रेम गीत ३’मा अभिनय गरेपछि मनिषलाई अन्य फिल्महरूबाट पनि अफर आएका छन् । तर, फिल्मको रेस्पोन्सका लागि कुरिरहेको बताउँदै अब अन्य फिल्ममा पनि काम गर्ने उनले बताए । 

अभिनेता प्रेमलाई पनि फिल्मप्रति कहिलेदेखि झुकाव भयो, ठ्याक्कै यकिन छैन । तर, उनी आफू जान्ने भएदेखि नै फिल्मप्रति आकर्षित रहेको बताउँछन् । उनले यसअघि दुईवटा फिल्ममा काम गरिसकेका छन् । 

अभिनय, नृत्य, द्वन्द्वलगायतका कुराहरू सिकेर फिल्ममा आएको प्रेम बताउँछन् । ‘सम्झिराख है’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका प्रेम ‘चंखे, शंखे, पंखे’ हुँदै ‘प्रेम गीत ३’सम्म आइपुगेका हुन् । 

‘प्रेम गीत ३’मा आफ्नो भूमिकाबारे प्रेम सुनाउँछन्, ‘फिल्ममा मैले एउटा राज्यको सेनापतिको भूमिका निर्वाह गरेको छु । मेरो पात्रको नाम क्रान्तिवीर छ ।’ आउँदा दिनमा फिल्म क्षेत्रमै सक्रिय रहने बताउँछन् प्रेम । 

यता, अभिनेता मनिष पनि आउँदा दिनमा अझ राम्रो काम गर्दै फिल्म क्षेत्रमै सक्रिय हुने बताउँछन् । ‘आगामी फिल्ममा अझ राम्रो, परिमार्जित भएर आउनेछु’, मनिष भन्छन् । 

छेतन गुरुङको परिकल्पना रहेको ‘प्रेम गीत ३’लाई छेतन र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् । यद्यपि, ‘प्रेम गीत ३’ वर्ल्डवाइड प्रदर्शनमा आउँदा निर्देशक छेतन यो संसारमा छैनन् । दुवै अभिनेताले यतिबेला निर्देशक स्वर्गीय छेतन गुरुङलाई धेरै सम्झिरहेको बताउँदै ‘प्रेम गीत ३’ उनीप्रति समर्पित गर्न चाहाने बताउँछन् । 

अभिनेता मनिषले दिवंगत छेतनलाई सम्झिँदै भने, ‘सर, तपाईं जहाँ, जसरी हुनुहुन्छ, तपाईंको कृतिले धेरै दर्शकलाई खुशी बनाएको छ । हजुरले दुःख फिल होस् भनेको ठाउँमा दर्शकहरू रोइदिनुभएको छ । हजुरले हँसाउन खोजेको ठाउँमा सबैजना हाँसिरहनुभएको छ ।’ 

फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । उनीहरूका साथमा मनिष राउत, प्रेम पुरीसँगै दर्जन बढी कलाकारहरूले अभिनय गरेका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x