मंसिर १४, २०८०
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले शैक्षिक क्षेत्रलाई प्रविधिसँग जोडेर रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको सातौँ वार्षिक साधारणसभामा उहाँले परम्परागतभन्दा नवीनतम् शैक्षिक विधि–प्रविधिको प्रयोग गर्दै समयसापेक्ष रोजगारमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।
“शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्नु आजको आवश्यकता हो”, उनले भने । कलेज व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य बाबुराम गिरीले निजीस्तरबाट सञ्चालित कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिएको धारणा राखे ।
कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन नै समितिको एक मात्र लक्ष्य रहेको बताउँदै नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राचार्य यदुनाथ आचार्यले समयसापेक्ष शैक्षिक गुणस्तरसँगै विद्यार्थीलाई आवश्यक भौतिक पूर्वाधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ट कलेज बनाउन आफूहरू लागिरहेको बताए ।
संस्थाका पूर्वअध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वडिन इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, अमरसिद्ध नमूना माविका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष प्रेमबहादुर रोक्का, पूर्वविद्यार्थी एशोसिएशनका अध्यक्ष रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी सङ्घका अध्यक्ष सृष्टि तिवारी, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेललगायतले प्रविधिमा आधारित गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...