३० असार २०८३, मंगलबार

एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चले सम्पन्न गर्‍यो दशैंलक्षित शुभकामना आदानप्रदान कार्यक्रम

एमाले धादिङ-काठमाडौं सम्पर्क मञ्चले सम्पन्न गर्‍यो दशैंलक्षित शुभकामना आदानप्रदान कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेकपा (एमाले) धादिङ-काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा निर्वाचन केन्द्रित कार्यक्रममा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ, उनले भने । 

पार्टीभित्र एकता कायम राख्दै  एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए । 

देश, राष्ट्रियता र समृद्धिका लागि एमालेले हालसम्म गरेका कामलाई जनतामाझ लैजाने, हाम्रो विचारहरू लैजाने

र योजनाहरू पनि व्यवस्थित ढंगबाट लैजान सकेमात्र आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने उनको भनाइ थियो ।

उनले अवसरवादका लागि एमाले फुटाएको आरोप समेत लगाएका छन् ।

शुभकामना आदान प्रदान, चियापान तथा निर्वाचन केन्द्रित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, लेखा आयोग सदस्य मिन राज कडेल, एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, चन्द्र रिजाल, उत्तम पाठक लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष संजिव पाण्डेले आगामी निर्वाचनमा एमालेलाई जिताउन काठमाडौं बसोबास गरेका धादिङवासी आजैदेखि कार्ययोजना बनाएर लाग्नुपर्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्