
बलिउड चलिचत्र 'ब्रह्मास्त्र पार्ट १: शिव'ले बक्स अफिसमा तेस्रो साता पनि आक्रामक व्यापार गरेको छ ।
बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार फिल्मले शुक्रवार मात्रै करीब ८.५० करोड भारतीय रुपैयाँ (भारु) कमाइ गरेको छ ।
जुन फिल्मको कुल कमाइ २०२ करोड भारू नजिक रहेको बताइएको छ ।
तेस्रो शुक्रवार बाहुबलीपछिकै दोस्रो उच्च संख्याले चलचित्र हेरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
फिल्म ‘ब्रह्मास्त्र’मा बलिउड अभिनेता रणबीर कपूर मुख्य भूमिकामा छन् ।
यो चलचित्र चर्चित फिल्म निर्माता अयान मुखर्जीले लेखेका हुन् ।
चलचित्रमा उत्कृष्ट सहायक कलाकारहरू पनि छन् र यसमा आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय र नागार्जुन जस्ता नामहरू समावेश छन्।
भाग १ मा बलिउड सुपरस्टार शाहरुख खानको क्यामियो पनि छ । उनले फिल्ममा वैज्ञानिकको भूमिका निभाएका छन् ।
‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा रिलिज भएको थियो र समीक्षकको मिश्रित प्रतिक्रिया पाए पनि यसले सर्वसाधारणको मन जित्न सफल भएको भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ ।