×

NMB BANK
NIC ASIA

संघीयता कार्यान्वयनको सकस

संघले असहयोग गरेको भन्दै निजी क्षेत्रको साथ खोज्दै प्रदेश १ सरकार, ९६ आयोजनामा लगानी खोजी

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सरकारले असहयोग गरेको भन्दै असन्तुष्ट रहेको प्रदेश १ सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने योजना अगाडि बढाएको छ । प्रदेश १ लगानी प्राधिकरणले ९६ वटा योजना छनोट गरिसकेको छ । प्राधिकरणले यी सबै यो योजना निजी क्षेत्रबाट सम्पन्न गराउने योजना अगाडि बढाएको हो । 

Muktinath Bank

प्राधिकरणले पहाडी जिल्लाबाट ६ वटाको दरले र तराईका जिल्लाबाट ८ वटाका दरले योजना छनोट गरिसकेको छ । ९६ वटा योजना छनोट गरेको प्राधिकरणले सबै यो योजना निजी क्षेत्रबाट अगाडि बढाउने तयारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानी प्राधिकरणका प्रमुख सरोज कोइरालाका अनुसार प्रदेश १ का भीडभाड तथा व्यस्त हुने ७ शहरमा पार्किङ व्यवस्थापनको योजना बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

विराटनगर, धरान, इटहरी, विर्तामोड, काँकडभिट्टा र दमक लगायतका शहरमा पार्किङको समस्या हल गर्ने गरी योजना निर्माण भइरहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

उनका अनुसार कृषि र उद्योगको ५३ वटा, पर्यटन क्षेत्रको २१ वटा, वाणिज्य क्षेत्रको २ वटा, शहरी पूर्वाधार क्षेत्रमा ४ वटा र अन्य १७ वटा योजना प्राधिकरणले अगाडि बढाइसकेको छ । 

थप ९६ मध्ये कृषि र उद्योगमा एउटा, पर्यटनमा ९ वटा, शहरी पूर्वाधारमा ४ वटा गरी २४ वटा योजनाको विस्तृत अध्ययन थालिएको उनले बताए । ‘हामीले लगानी सम्मेलनको तयारी थालेका छौँ’, उनले भने, ‘लगानी सम्मेलनबाट निजी क्षेत्रले अगाडि बढाउन सक्नेमा हामी विश्वस्त छौँ ।’

धनकुटाको भेडेटारमा सार्वजनिक निजी साझेदारी मोडलमा २० करोडको लगानीमा ‘स्काइ वाक’ निर्माण गरिरहेको समेत उनले बताए ।

५५ मिटर लामो र अढाई मिटर चौडाइको स्काइ वाक बनाउने काम भइरहेको छ । सुनसरीको बर्जुताल, सोलुखुम्बुमा सगरमाथा केबलकार निर्माणका लागि अध्ययनको काम प्राधिकरणले गरिरहेको उनले बताए । 

विज्ञ समूह तयार 

योजना तयार गर्न समेत प्रदेश १ सरकारसँग दक्ष जनशक्ति थिएन ।

नयाँ प्रोजेक्ट सञ्चलन गर्नका लागि पनि प्रदेश १ सरकारसँग दक्ष जनशक्ति नभएपछि विभिन्न ठाउँबाट दक्ष कामदार हायर गर्दै आएको थियो ।

नेपालमा मात्रै नभएर विभिन्न देशबाट सरकारले जनशक्ति हायर गर्दै आएको थियो । 

बाहिरबाट जनशक्ति हायर गर्दा खर्च धेरै हुने भएपछि नेपालमै जन्मेर विभिन्न देशलाई कर्मथलो बनाएका जनशक्तिको खोजी गर्ने रणनीति प्राधिकरणले अख्तियार गरेको छ ।

प्राधिकरणले विभिन्न मुलुकमा काम गरिरहेका नेपाली विज्ञसँग सहयोग मागेको थियो । ‘विभिन्न देशमा रहेका विभिन्न क्षेत्रका विज्ञहरूसँग हामीले साथ र सहयोग मागेका थियौँ । १० जना सहयोग गर्न तयार हुनुभयो,’ उनले भने ।

प्राधिकरणले १० सदस्यीय आर्थिक रूपान्तरण समिति गठन गरेको छ । जसको संयोजक प्रो. मेदनी अधिकारी रहेका छन् । यस्तै सदस्यमा गोपी उप्रेती, राजेन्द्र खतिवडा, डा. नवीन खनाल, डा. महेन्द्र कार्की, पुरु श्रेष्ठ, प्रह्लाद के.सी. लगायत छन् ।

संयोजक अधिकारीले अंग्रेजी साहित्य (त्रिभुवन विश्वविद्यालय), एप्लाइड इकोनोमिक्स (मिनेसोटा स्टेट युनिभर्सिटी) र कम्युनिकेसन टेक्नोलोजीमा स्ट्रेयर युनिभर्सिटीबाट डिग्री हासिल गरेका छन् ।

उनी अमेरिकी सैन्य विश्वविद्यालयमा व्यवसाय संकायमा काम गर्छन् ।  

सदस्य डा. गोपी उप्रेतीले त्रिभुवन विश्वविद्यालयमा तीन दशक अध्यापन गरेका छन् । 

उनी नेपालको कृषि तथा पशु विज्ञान संस्थान (नार्क), त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक पनि हुन् । प्रा. उप्रेतीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को प्रमुख आयुक्तको जिम्मेवारी समेत सम्हालेका छन् ।

समितिका अर्का सदस्य राजेन्द्र खतिवडा मेकानिकल र औद्योगिक इन्जिनियरका विज्ञ मानिन्छन् । 

निरन्जनमानसिं रेग्मी जलाधार भूमिको विषयमा विज्ञ मानिन्छन् । एरिजोना विश्वविद्यालय, संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका उनले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक तथा कृषि शिक्षा हासिल गरेका छन् ।

डा. नवीन खनालले बिजनेस एडमिनिस्ट्रेसनमा पीएचडी, विज्ञानमा स्नातकोत्तर र कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका छन् । हाल उनी माइक्रोसफ्ट कर्पाेरेट अफिस, रेडमन्ड, वासिङ्टन, संयुक्त राज्य अमेरिकामा एजुरे क्लाउड र एआई डिभिजनमा वरिष्ठ निर्देशकको रूपमा काम गरिरहेका छन् ।

डा. महेन्द्र कार्की ग्लोबल मोडलिङ एन्ड एसिमिलेसन अफिस, नासा गोडार्ड स्पेस फ्लाइट सेन्टर ग्रीनबेल्ट, मेरिल्यान्ड, संयुक्त राज्य अमेरिकामा कार्यरत वरिष्ठ अनुसन्धान वैज्ञानिक हुन् ।

पुरु श्रेष्ठले नेपालमा हाई स्कूल र कलेज शिक्षा तथा नेपालबाट भूविज्ञानमा बीएससी डिग्री र अस्ट्रेलिया, बेलायत र अमेरिकाबाट उत्खनन भूविज्ञान, खानी र धातु विज्ञानमा स्नातकोत्तर गरेका छन् । 

सदस्य प्रह्लाद के.सी. इन्जिनियरिङ र परियोजना व्यवस्थापन हुन्, जससँग राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक विकास परियोजनाहरू आबद्ध छन् । 

डा. देशराज संयोजक वासिङ्टन डिसी मेट्रो क्षेत्रमा आधारित सिभिल र जियो टेक्निकल इन्जिनियर हुन् । उनले जापानको क्युशु युनिभर्सिटीबाट टनेलिङमा विशेषज्ञताका साथै सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र अमेरिकाको न्यु मेक्सिको स्टेट युनिभर्सिटीबाट भू–प्राविधिक इन्जिनियरिङमा विशेषज्ञताका साथै सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन्  ।

बेलायतमा रहेका मिलन ज्ञवाली पनि समितिका सदस्य हुन् । उनले सोलेन्ट विश्वविद्यालय साउथम्प्टनबाट स्नातकोत्तर गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x