२० असार २०८३, शनिबार

चक्कर गाविसका तत्कालीन सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

चक्कर गाविसका तत्कालीन सचिवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका तत्कालीन गाविसका सचिव रामरतन मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  ९ लाख ७६ हजार ९ सय रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । 

मण्डलले गैरकानूनी ढंगले रंजित शाह भन्ने व्यक्तिलाई पटक–पटक पेश्की रकम दिई अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो । गाविसको कार्यकारिणी समितिले उक्त गाउँ विकास समितिअन्तर्गतका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको र सो कामको लागि कुनै रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव रामरतन मण्डल (केवट) ले नागेन्द्र भन्ने रंजित साहलाई पटक–पटक पेश्की दिने काम गरी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ । 

उक्त पेश्की रकम दिए पनि फरफारक नगरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले रकम लिने साहविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्