२२ असार २०८३, सोमबार

झापामा ७९ जना डेंगु संक्रमित फेला

झापामा ७९ जना डेंगु संक्रमित फेला

झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए । ‘यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु संक्रमण देखिएको थियो’, उनले भने, ‘पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ ।’

संक्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् । हल्दिबारीमा सबैभन्दा धेरै १६ जना संक्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा सात, अर्जुनधारामा एक, कनकाईमा आठ, कमलमा छ, दमकमा सात, गौरादहमा एक, झापामा तीन, विर्तामोडमा १४, भद्रपुरमा चार र कचनकवलमा दुई जनामा डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । 

जिल्लाका १५ वटै पालिकालाई ३०-३० थान कीट वितरण गरिएको फोकल पर्सन यादवले बताए । आवश्यकताअनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०-१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्