
काठमाडौं, १९ साउन — बलिउडका मिस्टर पर्फेक्सनिस्ट सुपरस्टार आमिर खानको आगामी फिल्म सिक्रेट सुपरस्टारको ट्रेलर सार्वजनिक भएको छ ।

तिहारका बेलामा रिलिज हुने यो फिल्मको ट्रेलर रमाइलो देखिन्छ । यसले मानिसलाई एक किसिमको सन्देश दिएको छ : आफूभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउन एउटा जुनून आवश्यक हुन्छ ।
फिल्ममा जायरा वसिम, मेहर विज र आमिर खान प्रमुख भूमिकामा छन् । अद्वैत चन्दनको निर्देशनमा बनेको यो फिल्मको कन्टेन्ट दमदार भएको लक्षण ट्रेलरले देखाएको छ ।
हेरौं ट्रेलर :
एजेन्सी