
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकल सेग्मेन्टका लागि दशैंको अवसरमा ‘वडा पर्वको वडा अफर’ दशैं योजना ल्याएको छ ।
वडा पर्वको वडा अफर दशैं योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिनेछ ।
जुनसुकै ब्राण्डका गाडिसंग टाटाका गाडि एक्सचेन्ज गर्दा आकर्षक मुल्याङ्कन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, यस योजनामा निशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरू रहेका छन् ।
स्टक सिमित मात्रामा भएकाले यस वडा पर्वको वडा अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुलाई दशैं अगावै डेलिभरी दिइने कम्पनीले जनाएको छ ।
ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न समेत सक्ने कम्पनीले जनाएको छ ।