१० साउन २०८३, आइतबार

महिला बास्केटबलमा नेपाल माल्दिभ्ससँग पराजित

महिला बास्केटबलमा नेपाल माल्दिभ्ससँग पराजित

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

माल्दिभ्सको मालेमा आइतवार राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो ।

अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।

प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल असोज ११ गते श्रीलंकासँग खेल्नेछ । 

राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग असोज १२ गते खेल्नेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्