१९ असार २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमवार बिहान ४ बजे प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।

आइतवार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।

उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलयाबिट नजिक दुर्घटना भएको छ । 

थारु भेरीगंगाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेका थिए । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकी छन् ।

उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले बताएको छ । भे–६–प– ३८९० नम्बरको मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन् ।

उनको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्