×

NMB BANK
NIC ASIA

मध्यरुसको एक विद्यालयमा पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, २२ जना घाइते

असोज १०, २०७९

NTC
Premier Steels

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । उक्त गोली काण्डमा कम्तिमा १३ जनाको मृत्यु हुनुको साथै अन्य २२ घाइते भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये ७ जना उक्त विद्यालयका बालबालिका रहेको जनाइएको छ । 

Muktinath Bank

पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । उक्त शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी अधिकारीहरुका अनुसार ७ बालबालिका र ६ जना वयस्कको मृत्यु भएको थियो ।त्यसमध्ये २ सुरक्षा गार्ड र २ शिक्षक रहेकाे जनाइएकाे छ । विद्यालय भवनबाट कर्मचारी र विद्यार्थीलाई बाहिर निकालिएको छ । उक्त विद्यालयमा झण्डै १ हजार बालबालिका अध्ययनरत रहेको बताइएको छ ।  


Advertisment
Nabil box
Kumari

Vianet communication

आक्रमणकारीले विद्यालयमा गोली चलाएपछि आफूले पनि त्यही आत्महत्या गरेको समाचारमा जनाइएको छ  । उनी विद्यालयका पूर्व विद्यार्थी रहेको बताइएको छ । रसियाली मिडियाले भिडियो पोस्ट गरेका छन्, जसमा गोलीबारी भएको भवनभित्र आतंक देखिएको छ । केही फुटेजहरूमा कक्षाकोठाको भुइँमा रगत र झ्यालमा गोलीको प्वाल देखिन्छ  । बच्चाहरू डेस्कको मुनि लुकिरहेका छन् । 

अनुसन्धान समितिले अनलाइन पोस्ट गरेको एक भिडियोमा नाजी चिन्ह र बालाक्लाभा भएको टी–सर्ट लगाएको बन्दुकधारी भुइँमा मृत अवस्थामा लडिरहेको देखाइएको छ । अनुसन्धानकर्ताहरूले उनको बसोबास गर्ने ठाउँको खोजी गरिरहेका छन् ।

घटनापछि उक्त प्रदेशका प्रमुखले सेप्टेम्बर २९ सम्मको शोक अवधिको घोषणा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले आक्रमणप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x