३० असार २०८३, मंगलबार

मध्यरुसको एक विद्यालयमा पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, २२ जना घाइते

मध्यरुसको एक विद्यालयमा पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३ पुग्यो, २२ जना घाइते

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । उक्त गोली काण्डमा कम्तिमा १३ जनाको मृत्यु हुनुको साथै अन्य २२ घाइते भएको बीबीसीले जनाएको छ । मारिनेमध्ये ७ जना उक्त विद्यालयका बालबालिका रहेको जनाइएको छ । 

पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । उक्त शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् । 

रुसी अधिकारीहरुका अनुसार ७ बालबालिका र ६ जना वयस्कको मृत्यु भएको थियो ।त्यसमध्ये २ सुरक्षा गार्ड र २ शिक्षक रहेकाे जनाइएकाे छ । विद्यालय भवनबाट कर्मचारी र विद्यार्थीलाई बाहिर निकालिएको छ । उक्त विद्यालयमा झण्डै १ हजार बालबालिका अध्ययनरत रहेको बताइएको छ ।  

आक्रमणकारीले विद्यालयमा गोली चलाएपछि आफूले पनि त्यही आत्महत्या गरेको समाचारमा जनाइएको छ  । उनी विद्यालयका पूर्व विद्यार्थी रहेको बताइएको छ । रसियाली मिडियाले भिडियो पोस्ट गरेका छन्, जसमा गोलीबारी भएको भवनभित्र आतंक देखिएको छ । केही फुटेजहरूमा कक्षाकोठाको भुइँमा रगत र झ्यालमा गोलीको प्वाल देखिन्छ  । बच्चाहरू डेस्कको मुनि लुकिरहेका छन् । 

अनुसन्धान समितिले अनलाइन पोस्ट गरेको एक भिडियोमा नाजी चिन्ह र बालाक्लाभा भएको टी–सर्ट लगाएको बन्दुकधारी भुइँमा मृत अवस्थामा लडिरहेको देखाइएको छ । अनुसन्धानकर्ताहरूले उनको बसोबास गर्ने ठाउँको खोजी गरिरहेका छन् ।

घटनापछि उक्त प्रदेशका प्रमुखले सेप्टेम्बर २९ सम्मको शोक अवधिको घोषणा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले आक्रमणप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्