१२ असार २०८३, शुक्रबार

जनकपुर पुगेर प्रचण्डले भने–एक मधेस एक प्रदेशको पक्षमा छैनौं

कात्तिक २०, २०७४
जनकपुर पुगेर प्रचण्डले भने–एक मधेस एक प्रदेशको पक्षमा छैनौं

जनकपुर, १९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एक मधेश स्वायत प्रदेश’ माओवादी केन्द्रको एजेन्डा नभएको स्पष्ट पारेका छन् ।

प्रचण्डले आफ्ना पार्टीका नेता मातृक यादवले भने जस्तो एक मधेश एक प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रको लाइन एक मधेश स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि ।’

उनले एक मधेश प्रदेश कुनै पनि हालतमा व्यावहारिक नहुने बताउँदै संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेशमा २ प्रदेशको खाका नै उत्तम रहेको तर्क गरे ।

salt training

कमेन्ट गर्नुहोस्