काठमाडौं १९ साउन - माओवादी केन्द्रले संसदीय दलको मुख्य सचेतकको जिम्मा रेखा शर्मालाई दिएको छ ।

माओवादी संसदीय बोर्डको बिहीवार बसेको बैठकले पूर्वमन्त्री शर्मालाई मुख्य सचेतकको जिम्मा दिएको हो ।
यसअघि मुख्य सचेतक रहेका टेकबहादुर बस्नेत मन्त्री बनेपछि शर्मा माओवादीको मुख्य सचेतक बनेकी हुन् ।