०८ असार २०८३, सोमबार

कांग्रेसबाहेकसँग तालमेलका लागि एमाले तयार

कात्तिक २०, २०७४
कांग्रेसबाहेकसँग तालमेलका लागि एमाले तयार
काठमाडौँ, २० साउन- एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो ।uml
‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौँ,’ एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने, ‘राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्