२१ असार २०८३, आइतबार

भरतपुर १९ को मतदान आज, वर्षाका बीच भोट खसाल्दै मतदाता

कात्तिक २०, २०७४
भरतपुर १९ को मतदान आज, वर्षाका बीच भोट खसाल्दै मतदाता

चितवन, २० साउन— चितवनको भरतपुर महानगरपालिका बडा नम्बर १९ को मतदान आज भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा वर्षाका बीच पनि उत्साहप्रद रुपमा मतदाता सहभागि भएका छन् । चितवनमा बिहानैदेखि वर्षा भइरहेको छ।renu devi
निर्वाचन भएपछि साढे दुई महिना विवादका कारण अन्योलमा बसेको भरतपुर महानगरपालिकामा आजको मतदानले निकास निस्कने आशामा आशामा मतदाता रहेका छन् ।
सँगै भएका निर्वाचनबाट विजयी उम्मेदवारले विकासका खाका सार्वजनिक गरेर कामलाई तीव्रता दिइसकेका भएपनि भरतपुर महानगरका २७ वटा वडाका विजयी प्रतिनिधिले काम गर्न पाएका छैनन् । त्यसैले साढे दुई महिनादेखिको अन्योल आजको निर्वाचनसँगै टुंगिने भरोसा मतदातामा छ । त्यसैले त उनीहरु बिहानदेखि पानीको समेत परबाह नगरी मत खसाल्न तोकिएको मतदान केन्द्रमा पुगेका हुन् ।
गत जेठ १४ गते मतगणनाका क्रममा मेयरका उम्मेदवार रेणु दाहाल भन्दा देबी ज्ञवाली थोरै मतले अघि रहेको अवस्थामा मतपत्र च्यातिएपछि मुद्दा परेकाले निर्वाचन अन्योलमा थियो । तर सर्वोच्च अदालतले गत आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएसँगै आजको लागि मतदान मिति तोकिएको हो ।
सुरक्षा व्यवस्था कडा
निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको छ ।

बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिएको । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन पनि गरिएको छ ।

भरतपुर–१९ मा तीन मतदानस्थलमा छ मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।

salt training

कमेन्ट गर्नुहोस्