१३ असार २०८३, शनिबार

टेलिभिजनमा अन्तर्वार्ता दिँदैगर्दा विपक्षी दलका नेता पक्राउ

कात्तिक २०, २०७४
टेलिभिजनमा अन्तर्वार्ता दिँदैगर्दा विपक्षी दलका नेता पक्राउ

जाम्विया, २० साउन– जाम्वियाको प्रहरीले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा अन्तर्वाता दिइरहेका समयमा विपक्षी दलका एक जना नेतालाई पक्राउ गरेको छ ।

विपक्षी दल युनाईटेड प्रोग्रेस पिपुल्स (युपीपी) का नेता साभिओर चिसिम्बालाई राजधानी लुसाकामा डायमण्ड टेलिभिजनमा अन्तवार्ता दिइरहेका वेला प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

सादा पोशाकमा आएका प्रहरीले उहाँलाई पक्राउ गरेको उहाँको पार्टी युपीपीले पुष्टि गरेको छ ।

पार्टीका प्रवक्ता किटीजो मुकुकाले आफ्नो नेतालाई प्रहरी मुख्यालयमा राखिएको भएपनि अहिले सम्म पक्राउ गर्नुको कारणका बारेमा केही स्पष्ट नपारेको जानकारी दिए ।

प्रहरी प्रवक्ता इस्थेर म्वाता कातोङगोले पनि उनलाई पक्राउ गरिएको पुष्टि गरेपनि अन्य जानकारी दिन भने अस्वीकार गरे । ‘उहाँलाई हामीले ल्याएका हौं, तर अरु विस्तृत विवरण अहिले दिन सक्ने अवस्था छैन,’ कातोङगोले भने ।

प्रहरीद्धारा पक्राउमा परेका विपक्षी दलका नेता चिसिम्बा राष्ट्रपति इड्गार लुङगु नेतृत्वको सरकारका खरो आलोचक हुन् भने सरकारको तर्फबाट हालै भएको भ्रष्टाचारसम्बन्धी केही विवरणहरू पनि प्राप्त गरेका छन् ।

नेता चिसिम्बाले हालै मात्र “हाम्रो पैसा फिर्ता देउ” नामक पुस्तक प्रकाशित गरेका थिए । सरकारी अधिकारीले धेरै भ्रष्टाचार गरेका छन् त्यसका विरुद्धमा अभियान चलाउनु पर्छ भन्ने आशय पुस्तकमा भएको बताइएको छ ।
सरकार विरोधी अभियानकै कारण उहाँलाई केहीदिनदेखि सुरक्षाकमीले पछ्याईरहेका थिए ।

अहिले पक्राउ गरिएका नेताकै पार्टीका अर्का नेता हकैन्डे हिचिलेमालाई पनि गत अप्रिलमा राजद्रोहको मुद्धा लगाई पक्राउ गरिएको थियो ।
राष्ट्रपति लुङ्गुले गत महिना संकटकालको घोषणा गर्दै नागरिकलाई निगरानी गर्न तथा पक्राउ प्रहरीलाई थप अधिकार दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्