२८ असार २०८३, आइतबार

अदितिले यस कारण अस्वीकार गरिन् धेरै नेपाली चलचित्रमा काम गर्ने ‘अफर’

अदितिले यस कारण अस्वीकार गरिन् धेरै नेपाली चलचित्रमा काम गर्ने ‘अफर’

मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ । 

भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन् । ‘म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु’, उनले भनिन् । 

उनी नेपालबाटै मोडलिङको शुरुआत गरेर भारतस्थित मुम्बईमा काम गरिरहेकी छन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी छन् । 

‘मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु’, उनले भनिन् । 

नेपाली चलचित्र उद्योगको ‘वर्किङ कल्चर’प्रति भने उनको असहमति छ । उनी  भन्छिन्, ‘हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ ।’
काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उनको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायांकनका लागि पटक–पटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको गुनासो गरिन् । यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गर्नुप¥यो । ‘म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ’, अदितिले भनिन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्